नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

काठमाडौँ - उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जनाले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुक्रबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

१० वैशाखमा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन-२ बाट लामिछाने र तनहुँ-१ बाट वाग्ले निर्वाचित भएका हुन्।