बझाङमा पनि मतगणना जारी 

काठमाण्डौँ - प्रदेश सभा सदस्य उपनिर्वाचन अन्तर्गत बझाङ १ को १ मा  मतगणना सुरू भएको छ ।

आइतबार बिहानको सर्वदलीय बैठकले छविसपाथीभेरा गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो । सोही अनुसार मतगणना सुरू भएको प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।