समर्थन फिर्ता लिने रवि लामिछानेको भनाईप्रति प्रधानमन्त्रीको चासो

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति चासो व्यक्त गरेका छन् ।

१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आफ्नो अभिव्यक्तिप्रति चासो व्यक्त गरेको जानकारी दिएका हुन् ।

गत मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँग लामिछानेले सरकारमा सहभागी नहुने र सरकारलाई दिएको समर्थन राखिराख्नु औचित्य नभएको अभिव्यक्ति दिएका थिए ।