उपनिर्वाचन : इलाम-२ मा मतगणना ११ बजेदेखि सुरु हुने

इलाम - इलाम २ मा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

गौतम बुद्ध सभागृह सिटी हलमा सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएपछि मतगणना सुरु गर्ने निर्णय भएको बताए ।

निर्वाचन आचारसंहिता र मतगणनासम्बन्धी कार्यविधिलाई टेकेर सहमति गराइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
शनिबार सबै मतपेटिका नआइपुगेका कारण सर्वदलीय बैठक आज बसेको हो ।