बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प

बाजुरा - बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज राति एकबजे ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो । बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ। गएराति पनि ११ बजेर ५८ मिनेटमा ४।९ म्याग्निच्युडको भूकम्प गएको थियो ।