अब चीनमा नेपाली नागरिकहरूले निशुल्क प्रवेश आज्ञा पाउने 

काठमाडौँ - चीन भ्रमणमा जाने नेपाली नागरिकहरूले निशुल्क प्रवेश आज्ञा पाउने भएका छन् ।  नेपालीहरूले प्रवेश आज्ञा लिएवापत रकम तिर्न नपर्ने भएको हो । चिनियाँ दूतावासले नेपाली नागरिकहरूले चीन भ्रमण गर्दा निशुल्क प्रवेश आज्ञा पाउने जनाएको छ । यद्यपि निश्चित सर्भिस चार्ज भने लाग्नेछ । 

चिनियाँ दूतावासका अनुसार मे १ देखि यो नियम लागू हुनेछ । नेपाल र चीनबीचको मित्रतालाई बढवा दिन निस्शुल्क भिसा प्रणाली लागू गरिएको नेपाली दूतावासले जनाएको छ ।  नेपाल सरकारले भने चिनियाँ नागरिकहरूलाई १५० दिनको भिसानिशुल्क उपलब्ध गराउँदै आएको छ ।