संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य हुने

 काठमाडौँ - संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । आज मध्यरातिदेखि संसद अधिवेशन अन्त्य गरिने तय भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । सरकारको सिफरिसमा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्ने संवैधानिक प्रावधान छ ।

सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट र १५ जेठका बजेट ल्याउनु पर्ने भएकाले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न लागिएको हो । केही दिनभित्र संसदका बर्षे अधिवेशन आह्वान गर्ने सरकारको तयारी छ ।