युद्धग्रस्त उत्तर अफ्रिकी मुलुक सुडानमा २४ नेपाली, साउदी हुँदै उद्धारको तयारी

काठमाडौँ - युद्धग्रस्त उत्तर अफ्रिकी मुलुक सुडानमा रहेका २४ नेपाली इजिप्टको राजधानी कायरोस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । २४ नेपालीमध्ये १७ जना पूर्वी सुडानको लालसागरमा अवस्थित सहर पोर्ट सुडान पुगेका छन् । तर, सातजना नेपाली भने सुडानको राजधानी खार्तुममै छन् ।

सुडानमा रहेका ६ जना नेपाली शान्ति सैनिक पनि त्यहाँबाट बाहिरिइसकेको नेपाली सेनाले जनाएको छ । सेनाका प्रवक्ता ब्रिगेडियर जनरल कृष्णप्रसाद भण्डारीले उनीहरूमध्ये चारजना युगान्डा र दुई जना शान्ति सैनिक पोर्ट सुडान पुगेको बताएका हुन् ।