विधायन व्यवस्थापन समितिको सभापति चयन वैशाख २५ मा हुने

काठमाडौं - राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको सभापतिको निर्वाचनमा यही बैशाख २५ गते हुने भएको छ । 

शुक्रबार राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो जानकारी गराएका हुन् । त्यस अवसरमा उनले सो निर्वाचन कार्यक्रम सार्वजनिक गर्न पनि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई निर्देशन दिए ।