वेस्ट इन्डिज ‘ए’सँग नेपाल पराजित, सिरिज १-१ को बराबरीमा

काठमाडौं - टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ ।
 
कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको हो ।
यससँगै सिरिजमा १-१ को बराबरी भएको छ । यसअघि शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो ।