रास्वपाका  केन्द्रीय सदस्य डा.अरनिको पाँडेले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा.अरनिको पाँडेले पार्टीबाट राजीनामा दिएका छन् ।

जलवायु विज्ञ रहेका पाँडेलाई सरकारले यही चैत ८ गते राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो । आफू सरकारी क्षेत्रमा नियुक्त भएपछि पार्टीमा बस्नु पदको बर्खिलाप हुनु भन्दै पाँडेले राजीनामा दिएका हुन् ।

उनले बिहीबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत आफूले राजीनामा दिएको सार्वजनिक समेत गरेका छन् । यता पार्टी नेताहरूका अनुसार उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।