बालुवाटारमा बिहानैदेखि मिटरब्याज पीडितकाे प्रदर्शन

काठमाडौँ - आज बिहानैदेखि  काठमाडौँ मिटरब्याज पीडितहरूले  विरोध प्रदर्शन सुरु गरेका छन् । पीडितहरूले बिहानैदेखि काठमाडौंको बालुवाटारमा धर्नामा बसेका हुन् ।

तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरूले हिजो सोमबार खुलामञ्चअघि प्रदर्शन गरेका  थिए  भने आज त्यहाँबाट  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा विरोध प्रदर्शन गरिरहेको  हुन् ।

पीडितहरू खुलामञ्चमा बस्नको लागि आए पनि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरूले खुलामञ्च बाहिरको सडकमा नै सोमबारको रात बिताएका थिए । खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै उनीहरूले काठमाडौंका मेयर बालेन शाहविरुद्ध नाराबाजीसमेत गरेका थिए । 

पीडितहरूले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन शाहविरुद्ध नाराबाजीसमेत गरेका थिए । उनीहरूले मिटरब्याजीलाई कारबाही गर, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गरलगायतका नारा लगाएर तथा प्लेकार्ड बोकेर विरोध गरेका छन् ।