सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप, ११ जना घाइते

काठमाडौँ । काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ । धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा झडप भएको हो ।

काठमाडौँ महानगरपालिकाले पछिल्लो समय राती ९ बजेपछि फुटपाथ राख्न दिने भनेको भएपनि साँझ ७ बजेबाट नै व्यवसाय गर्न थालेको भन्दै महानगर प्रहरीले हटाउन खोज्दा झडप भएको हो ।

सोही क्रममा ६ जना फुटपाथ व्यवसायी र ५ जना नगरप्रहरीसहित ११ जना घाइते भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।