कोशी प्रदेशमा बढ्यो गाँजा ओसारपसार, एक महिनामा दुई हजार किलो बरामद

काठमाडौँ । पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्न गिरोह सक्रिय रहेको पाइएको छ ।

प्रहरीले गत एक महिनाको अवधिमा दुई हजार किलो गाँजा बरामद गरेको निष्कर्षमा प्रहरी पुगेको हो । गाँजा धनकुटा, उदयपुर, तेह्रथुम, भोजपुर लगायतका जिल्लामा उत्पादन गरी भारत पुर्याउने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पहाडी क्षेत्रमा उत्पादन भएको गाँजा एम्बुलेन्स तथा तरकारी बोक्ने सवारीमार्फत ओसारपसार गरी भारततर्फ पुर्याउने गिरोह पछिल्लो सयम सक्रिय रहेको प्रहरीको भनाइ छ ।

लागुऔषध दुव्र्यसनलाई निरुत्साहन गर्न विभिन्न सचेतनामुलक अभियान सञ्चालन गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए ।

कोशी प्रदेश प्रहरी कार्यालयकाअनुसार गत माघ महिनायता एक हजार ९ सय १९ किलो गाँजा बरामद गरिएको छ । चालु आर्थिक वर्षको सात महिनामा मात्रै प्रदेशभर दुई हजार आठ किलो गाँजा बरामद भएको छ ।