बिजुलीको पोल ढलेर लाग्दा वडासदस्यको मृत्यु  

काठमाडौँ । मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा वडासदस्यको मृत्यु भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–७ को मानदमारमा बिजुलीको पोल ढलेर लाग्दा वडासदस्य सोही वडाका सदस्य ४० वर्षीय रामकुमार तितुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

मङ्गलबार दिउँसो १ः३० बजे आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासि बिजुलीको पोल ढल्दा लागेर सख्त घाइते भएका तितुङको उपचारका भरतपुरस्थित मेडिकल कलेज लगिएको थियो । उनको उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको हो ।

मृतक तितुङको शव हाल सोही अस्पतालमा राखिएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।