images

माओवादीले केन्द्रमा प्रदेश इन्चार्ज हेरफेर, कसलाई कुन प्रदेशको जिम्मा ?  

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नेताहरुको कार्य विभाजन गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहान बसेको पार्टी स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको हो।

मंगलबार बसेको माओवादी स्थायी समिती बैठकले १० प्रदेश इन्चार्ज परिवर्तन गर्ने निर्णय गरेको थियो। आजको बैठकले हरिबोल गजुरेल - कोशी, लीलामणि पोखरेल- मधेस, अग्नि सापकोटा-बागमती, दीनानाथ शर्मा- गण्डकी, चन्द्रप्रकाश खनाल - लुम्बिनी, कालीबहादुर मल्ल - कर्णाली, गिरिराजमणि पोखरेललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाउने निर्णय गरेको हो।

त्यसैगरी विशेष प्रदेश इन्चार्जमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा महासचिव देव गुरुङ, प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई इन्चार्ज बनाउने निर्णय भएको सचिव दिनानाथ शर्माले जानकार दिए।

माओवादीको साउनमा बसेको केन्द्रीय समिति बैठकले माओवादी विशेष रुपान्तरण अभियानका लागि प्रदेश इन्चार्ज बनाएको थियो। आजको स्थायी समिति बैठकले ती इन्चार्जहरुको हेरफेर गरेको हो।
 

बुधबार १५ फागुन २०८० ०२:१५ PM मा प्रकाशित

प्रतिक्रिया