बागमती प्रदेश सभा बैठक बस्दै, के छ एजेन्डा ?

काठमाडौँ । बागमती प्रदेश सभा बैठक बुधबार पनि बस्दैछ। बिहान साढे ११ बजे बैठक बोलाइएको छ।

बैठकका कार्यसूची तय गर्न त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिए। हिउँदे अधिवेशनको पहिलो दिन मंगलबार बसेको बैठकमा दलका नेताहरूले सम्बोधन गरेका थिए।

त्यसपछि पूर्वप्रदेशसभा सदस्यको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो।