गाडीको चितवनमा ठक्करबाट बुवाको मृत्यु, छोरी घाइते  

काठमाडौँ । चितवनमा गाडीको ठक्करबाट बुवाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् ।

शनिरबार बेलुका शरणपुरबाट नारायणगढ आउँदै गरेको बा प्र ०३-००१ च ११९७ नम्बरको बोलेरो गाडीले बा प्र ०३-००३ प ८६२४ नम्बरको मोटरसाइकललाई भरतपुर महानगरपालिका-१६ शिवघाटमा ठक्कर दिएको थियो ।

चितवन प्रहरीका अनुसार गाडीको ठक्करबाट मोटरसाइकल चालक स्थानीय ४१ वर्षीय मधुसुदन खत्री र उनकी छोरी १५ वर्षीया अपेक्षा खत्री गम्भीर घाइते भएका थिए ।

उनीहरू दुवैलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा शनिबार बेलुका साढे ८ बजे बाबुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी छोरीको भने उपचार जारी छ ।