विमानस्थलमा यात्रुको चेकजाँच सशस्त्र प्रहरीबाट गर्न तीन कर्मचारी संगठनको माग  

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान बिन्दुमा विमानस्थलभित्र कार्यरत कर्मचारीहरुको शरीर जाँच गर्ने कार्य तत्काल बन्द गर्न कर्मचारी संगठनले माग गरेको छ ।

शरीर जाँच गर्ने क्रममा प्रहरीले बदनियपूर्ण मनशायले शरीर छामछुम गरी हतोत्साहित बनाउने गरेको भन्दै शस्त्र प्रहरीबाट हुनुपर्ने विभिन्न तीन वटा कर्मचारी संगठनहरुले माग गरेका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल इकाई समिति, नेपाल निजामती कर्मचारी संगठन, अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल इकाई समिति र नेपाल निजामती कर्मचारी युनियन, अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल इकाई समितिले संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न ६ वटा माग समेत राखेका छन्।

‘अन्तर्राष्ट्रिय सीमा क्षेत्रअन्तर्गत पर्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको मुख्य प्रवेश गर्ने स्थान, यात्रुहरुको चेकजाँच गर्ने स्थान तथा बाहिर निस्कने स्थानहरुमा चेकजाँच गर्ने कार्य नेपाल प्रहरीबाट हुने गरेकोमा अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा सीमा सुरक्षा हेर्ने निकायमार्फत गर्ने व्यवस्थाको तत्काल कार्यान्वयन गरियोस्,’ विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो। उक्त घटनामा संलग्नलाई तत्काल कारबाही गर्न पनि उनीहरुको माग छ।

 

twitter sharing button

email sharing button

sharethis sharing button