चिसोको कारण जनकपुरधाममा एक जनाको मृत्यु

काठमाडौँ । जाडोको कारण जनकपुरधाम उपमहानगरपालिकामा एक जनाको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिकास्थित जानकी मन्दिरकै छेउमा मागेर खाने गरेका एक जना अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

उनको जाडोले मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।