दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग {सूचनासहित}

 काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक सूचना प्रकाशित गरी अध्यक्ष पदका लागि आवेदन माग गरेको हो । सूचनाअनुसार ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।

सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।