काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले संसदको चालु अधिवेशनमा संघीयता सम्बन्धी सबै कानुनहरू पारित गर्न सरकारसँग माग गरेका छन् । मंगलवार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । सांसद ढुंगानाले सरकारले कानुन निर्माण गर्ने विषयमा चासो नलिएको भन्दै असन्तुष्टि पनि