काठमाण्डु–एमाले प्रमुख सचेतक ऐनबहादुर महरले बझाङबाट गत २१ फागुनको निर्वाचनमा आफूसँगको प्रतिस्पर्धामा पराजित भएका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार शैलेसकुमार सिंहमाथि सांघातीक आक्रमण भएकामा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा महरले रास्वपा नेता सिंह आफ्नै पार्टीको अर्को समूहद्वारा कैलालीको धनगढीमा कुटिएको बताए । उनका अनुसार रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशनमा सहभागी भएर फर्कंदै