काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नेतृत्वको प्रतिनिधिमण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका विभिन्न समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल गरेको छ। भेटका क्रममा प्रमुख काफ्लेले उपत्यका ट्राफिक प्रहरी कार्यालय र नाडाबीच सिर्जनात्मक तथा दीर्घकालीन उद्देश्यका विषयमा सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले पहाडी क्षेत्रमा सञ्चालनका लागि उपयुक्त ठूला सिसी क्षमताका मोटरसाइकलहरू समेत काठमाडौं शहरभित्र सञ्चालन भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै मोटरसाइकलको तुलनामा स्कुटरको दुर्घटना दर कम हुने तथ्य उल्लेख गरे। काफ्लेले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन ... The post ट्राफिक व्यवस्थापनमा नाडा–ट्राफिक प्रहरी सहकार्य विस्तार गर्ने सहमति, एआई ट्राफिक लाइट र चालक प्रशिक्षणमा जोड appeared first on Kalika Khabar.