प्रधानमन्त्रीको देश बनाउने टिमका सदस्यबाट ठेकेदारको खुट्टा भाँच्ने धम्की आउनु निन्दनीयः नेकपा

  • सोमबार १ असार २०८३ १०:२४ AM
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको अभिव्यक्तिप्रति निन्दा व्यक्त गरेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री लम्सालको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । नागढुंगा–मुग्लिन सडक खण्डको अवलोकनका क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिने धम्की दिएका थिए ।