काठमाडौँ । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा अतिरिक्त कर लगाएर नागरिकको संविधानप्रदत्त मौलिक हकमाथि आर्थिक बोझ थपेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरे पनि बजेटमार्फत ती क्षेत्रमा थप