काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले अब काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसका लागि गोकर्णेश्वर नगरपालिका र केएमसी पब्लिक लिमिटेडबीच स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सोमबार भएको सम्झौतामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले