विज्ञापन निर्देशिका विरुद्ध दायर रिटको सुनुवाई आज हुने

काठमाडौं - सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अफ्ठेरो पारेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुने भएकाे छ।

अधिवक्ता सविन पोख्रेलले सरकारले बिज्ञापन बोर्डमार्फत व्यावसायीलाई काम गरी खाने वातावरणमा अंकुश लगाउन खोजेको भन्दै शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। जसकाे सुनवाइ आज हुन लागेकाे हाे।

आइतबार तोकिएको सुनुवाइमा इजलासबाट हेर्न नभ्याइएका कारण सोमबार ११ गतेका लागि तोकिएको सर्वोच्च अदालतले जनाएकाे छ।