प्रस्तावित राजदूतहरूको सुनुवाइ भदौ १४ देखि सुरु हुने

काठमाडौँ । विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भदौ १४ गतेदेखि सुरु हुने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्ताविक राजदूतहरुको सुनुवाइ कार्यतालिका पारित गर्दै यस्तो निर्णय गरेको हो ।

भदौ १६ देखि २५ गतेसम्म बिदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

संविधानअनुसार समावेशिताको आधारमा राजदूत सिफारिस भए/नभएको र नभएको भए त्यसको कारणबारे परराष्ट्रमन्त्रीसँग जानकारी लिइने उनको भनाइ छ ।

बैठकमा समिति सदस्यहरूले राजदूत सिफारिस गर्दा समावेशीतालाई ख्याल नगरेको धारणा राखेका थिए ।