ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री गच्छदार सहित २९० जना बिरुद्ध मुद्दा दायर

 काठमाडौँ - सरकारी वकिलको कार्यालय, काठमाडौंले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिनामा प्रकरणमा संलग्न २ सय ९० जनाबिरुद्ध मुद्धा लायर गरेको छ ।

सरकारी वकिलको कार्यालयले आइतबार उनीहरुबिरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दम दायर गरेको हो । सरकारी वकिलको कार्यालयले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार सहित चारजना पूर्वमन्त्री, ६ पूर्वसचिव, भाटभटेनी सुपरकार्मेटमा संचालक मीनबहादुर गुरुङ, बहालवाला सचिव कृष्णबहादुर राउत र सहसचिव सुशील वैद्य समेत गरी २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० ले गत हप्ता ललिता निवास जग्गा हिनामिनाबारे अनुसन्धान गरेर सरकारी वकिलललाई संगठित अपराधमा मुद्दा चलाउन राय सहितको प्रतिवेदन बुझाएको थियो । तर संगठित अपराधमा प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयले किर्तेमा मात्र मुद्दा चलाउने निर्णय गरेको छ ।

संगठित अपराध सम्बधी कानुन जारी हुनुभन्दा पहिले ललितानिवास जग्गा अनियमितता भएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयले किर्तेको अभियोगमा मात्रै कारबाही गर्ने माग दाबी लिएको हो । संगठित अपराध सम्बन्धि कानुन २०७० सालमा जारी भएको थियो । तर ललिता निवास जग्गा हिनामिना त्यस अघि नै भएको थियो ।