टुँडिखेलमा देउवा–ओलीमाथिको नाराबाजी खतराको घण्टी हो : सांसद सिंह

काठमाडौँ । टुँडिखेलमा सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजीलाई सांसद डा.अमरेशकुमार सिंहले खतराको घण्टी भएको बताएका छन्।

स्वतन्त्र सांसद सिंहले नेताहरू नसुध्रिए स्थिति भयावह हुन सक्ने पनि औंल्याए।  ‘हिजो टुँडिखेलमा घटना भएको छ, त्यो हाम्रा लागि खतराको संकेत हो’, उनले प्रश्न गरे, ‘नेताजीसँग प्रश्न गर्न चाहन्छु, पहिले जस्तो गर्ने कि सुध्रिने ?’ 

बंगलादेशमा शेख हसिनासँग ७ महिनाको ताजा दुई तिहाइको बहुमत भए पनि त्यसले काम नगरेको सांसद सिंहले टिप्पणी गरे। ‘लोकतन्त्र कहीँ जाँदैन तर हावा हुन्डरीमा नेताजी र दलहरू जान सक्छन्’, उनले भने।