सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ, पीडित किशोरी अस्पताल भर्ना

काठमाण्डौँ - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ। काठमाडौं जिल्ला अदालतले आजका लागि अन्तिम सुनुवाइको मिति तोकेको हो । 

यसैबीच पीडित किशोरी अस्पताल भर्ना भएकी छन्। औषधिको ओभरडोज सेवन गरेपछि शनिबार उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो ।

आफू डिप्रेसन र एन्जाइटीबाट पीडित रहेको र एक वर्षदेखि औषधि सेवन गरिरहेको उनले सामाजिक सञ्जालमा बताएकी छन् ।