मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित

काठमाडौँ - राष्ट्रिय सभाले अनुचित लेनदेन मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधनसहित पुनः पारित गरेको छ ।

राष्ट्रिय सभामा उत्पत्ति ५ असार २०८० मा दर्ता भएको यो विधेयक १५ असार २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो । ३१ असार २०८० मा प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको विधेयकलाई बिहीबार राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।