एक साताका लागि राष्ट्रिय सभा बैठक स्थगित

काठमाण्डौँ - राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । बिहीबार दोस्रोपटक बसेको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुन पारित गरेको छ । 

यसअघि राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । उक्त विधेयकलाई प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर राष्ट्रिय सभामा पठाएको हो। राष्ट्रिय सभाले बिहीबार पुनः सो विधेयक पारित गरेको हो ।