गगन थापाले निर्वाचन आयोगलाई बुझाए १५ हजार जरिबाना

काठमाडौँ - नेपाली कांग्रेसका सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिबाना तिरेका छन् । निर्वाचन खर्च सार्वजनिक गरेकोबारे निर्वाचन आयोगलाई जानकारी नगराउने उमेदवारलाई आयोगले जरिबाना गर्ने निर्णय गरेको थियो ।

थापाले खर्च विवरण आयोगलाई बुझाएर सार्वजनिक गरेपनि सार्वजनिक गरेको जानकारी आयोगलाई गराएका थिएनन् । त्यसैका लागि उनलाई जरिबाना गरिएको हो ।