काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा भोली सार्वजनिक बिदा 

काठमाडौँ । आइतबार काठमाडौँ उपत्यकाभित्रका सम्पूर्ण स्थानिय तहमा सार्वजनिक बिदा हुने भएको छ ।

कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक भोलि बिदा दिने निर्णय गरेको हो।

मृगौला रोगबाट पिडित नकर्मीको उपचारको क्रममा गत बिहीबार राती वीर अस्पतालमा मृत्यु भएको थियो । शुक्रबार कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको छ।

विकासप्रेमी एवं समाजसेवी छवि बनाएका नकर्मी २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुख निर्वाचित भएका थिए।