आधा हातले कम्युटर चलाउने राई प्रधानमन्त्री ओलीको सचिवालयमा नियुक्त

काठमाडौँ । आधा हातले कम्प्युटर चलाउने गणेश राई प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री ओलीले फरक क्षमता भएको राईलाई आफ्नो सचिवालयमा कम्प्युटर अपरेटरको रुपमा नियुक्त गरेका हुन् ।  

खोटाङ काहुले घर भएका राई जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुन । उनको दुवै हातको कुहिनाभन्दा तलको भाग छैन ।

एमालेका नेता विशाल भट्टराईका अनुसार यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले उनको फरक क्षमता देखेपछि सचिवालयमा जागिर दिएका थिए ।

दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि सचिवालयमा काम गर्ने अवसर पाएका राईलाई ओलीले तेस्रो कार्यकाल प्रधानमन्त्री हुँदा पनि सचिवालयमा काम गर्ने अवसर प्रदान गरेका छन् ।