आजको शेयर बजार : नेप्से २९.७१ अंकले घट्यो, कारोवार रकम कति ? 

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ । नेप्से परिसूचक २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.२६ अंकले घटेर ४०३.८४ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २७१ कम्पनीको ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । कारोबारको आधारमा शिवम सिमेन्ट को प्रमोटर सेयर अग्रिम स्थानमा छ । यसको आज १० करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ ।