पाकिस्तानमा प्रि–मनसुन वर्षा, कम्तीमा २० जनाको मृत्यु, ५० भन्दा बढी घाइते

 काठमाण्डौँ - पाकिस्तानका विभिन्न क्षेत्रमा आइतबार र सोमबार भएको अत्यधिक वर्षा र चट्याङका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्  ।

५० भन्दा बढी घाइते भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । पन्जाबका अधिकांश क्षेत्रमा भारी मेघ गर्जनसहित भारी वर्षा भइरहेको छ । वर्षाको प्रभाव आगामी बिहीबारसम्म रहने मौसमविद्हरूले जनाएका छन् ।

पूर्वी पञ्जाब प्रान्तको नारोवाल जिल्लाका उपायुक्त मुहम्मद असरफले सिन्ह्वालाई जानकारी दिएअनुसार आइतबार राति परेको चट्याङका कारण आठजनाको ज्यान गएको छ । १२ जना गम्भीर घाइते भएका छन् ।