नेप्सेमा सामान्य अंकको गिरावट, कारोवार रकम कति ? 

काठमाण्डौँ - साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्से मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४० प्रतिशत अर्थात ८.२४ अंकले घटेर २०५१.९२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घटेर ३६१.१८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको ८९ लाख १ हजार १९५ कित्ता सेयर ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य १० वटा समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड ०.०७ प्रतिशत र अन्य समूह ०.९५ प्रतिशतले बढे । बैंकिङ समूह भने ०.०९ अंकले मात्रै बढ्यो ।  

आज वित्त समूहमा सबैभन्दा धेरै गिरावट आयो । आज यो समूह २.२३ प्रतिशतले घट्यो । यस्तै आज विकास बैंक समूह ०.४३, होटल ०.५१,हाईड्रो ०.४५,लगानी ०.२०,जीवन बीमा ०.९९,उत्पादन तथा प्रशोधन १.१७,लघुवित्त ०.९५ र निर्जीवन बीमा समूह ०.६६ प्रतिशतले घट्यो ।