काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभर ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ भन्ने नाराका साथ आजदेखि विशेष सडक सचेतना अभियान सुरु गरेको छ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका