उपचार खर्चकै कारण कुनै नगरवासी अस्पताल जानबाट वञ्चित नहोस् : मेयर रिसाल

  • सोमबार १ असार २०८३ ०७:१२ AM
काठमाडौँ। गोकर्णेश्वर नगरपालिका र काठमाडौँ मेडिकल कलेज (केएमसी) बिच नगरवासीलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार (असार १ गते) उपचारसम्बन्धी सम्झौता भएको छ। गोकर्णेश्वर नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता आगामी साउन १