हुम्लामा जव पहिलोपटक ट्रिपर पुग्यो...

हुम्ला - राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा शुक्रबार दुईवटा टिपर पुगेका छन् । नेपालगञ्ज, सुर्खेत हुँदै एक सातामा ती टिपर सिमकोट पुगेका हुन् ।

सदरमुकाम सिमकोटमा दक्षिण कर्णाली करिडोरको बाटो भएर पहिलो पटक हुम्ला पुगेका टिपर र चालक स्थानीयले फूलमालाले स्वागत गरेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको च्याछरा भिर खण्डको सडक छिचोल्नका लागि आवश्यक १२ हजार डिजेल ढुवानी गर्ने क्रममा ती टिपर त्यहाँ पुगेका हुन् । नेपाली सेनाले निर्माण गरिरहेको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने छारे भिर सडकखण्ड पार गरेर दुईवटा टिपर सिमकोट पुगेको जनाइएको छ ।