दाङमा आफ्नै श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

दाङ - दाङमा एक महिलाले श्रीमानको हत्या भएको छ  । घरायसी विवादमा श्रीमतीले बन्चरो प्रहार गरी श्रीमानको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङको बङ्गलाचुली गाउँपालिका-१ स्युजाका ६४ वर्षीय रेशम परियार रहेका छन् ।

बिहीबार बिहान ९ बजे श्रीमती केशरा परियारको बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।