बिग बोस बिजेता मुनव्वर फारुकी पक्राउ

काठमाडौँ । भारतीय रियालिटी शो बिग बोस १७ को विजेता मुनव्वर फारुकी पक्राउ परेका छन् ।

बारमा सूर्तीजन्य सामाग्रीको साथमा निकोटिन पनि प्रयोग भइरहेको जानकारी पाएपछि प्रहरीले फारुकीलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

मंगलबार अबेर राति मुम्बई प्रहरीको सोशल सर्भिस शाखाले एउटा हुक्का बारमा छापा मारेको थियो ।

यस क्रममा प्रहरीले स्ट्यान्डअप कमेडियन मुनव्वर फारुकी समेत १४ जनालाई समातेको थियो । प्रहरीले मुनब्बरलाई नोटिस दिएर छाडेको बताइएको छ ।

यसबारे मुनव्वरको तर्फबाट कुनै आधिकारिक विज्ञप्ति आएको छैन । यस मामिलामा प्रहरीले थप छानबिन गरिरहेको छ ।