महामन्त्री थापाको रोकिएको ‘संवाद यात्रा’ भोलिबाट पुनः सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोलिबाट पुनः ‘संवाद यात्रा’ थाल्ने भएका छन् । महामन्त्री थापाले भोलि बिहान ९ बजेबाट तीन दिने संवाद यात्रा सुरु हुने बताए ।

महामन्त्री थापाले माघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमा पुगेर रोकिएको थियो ।

महामन्त्री थापाले आफ्नो संवाद यात्राको शृङ्खला नवलपरासीको गोपीगञ्जबाट पुनः सुरु हुन लागेको बताए ।

उनका अनुसार दोस्रो चरणको यात्रा १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुनेछ ।

सुदूरपश्चिम प्रदेशमा वैशाख १५ मा हुने उपनिर्वाचनको छेको पारेर संवाद यात्रा गर्ने महामन्त्री थापाको तयारी छ ।