काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ ।
महासंघका अनुसार हिजो मंगलबारको तुलनामा आज मूल्य बढेर कारोबार सुरु भएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २६ हजार २०० रुपैयाँ छ ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ९० रुपैयाँ कायम छ ।