यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ३५ पैसा र बिक्रीमा १३९ रूपैयाँ ९८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८  रूपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रूपैयाँ २६ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ०६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ५० पैसामा काराेबार भईरहेको राष्ट्र बैंकले जानेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६८ पैसा र विक्रीमा १० रुपैयाँ ७२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २१ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर २९ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।