अख्तियारले राजनीतिक क्षेत्रलाई चोख्याउने काम गर्यो : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक क्षेत्रलाई चोख्याउने काममा लागेको बताएका छन् ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले नेताहरूलाई उन्मुक्ति दिने तर कर्मचारीलाई थुनेर भय सिर्जना गर्ने काम बन्द गर्न आग्रह गरे ।

अनियमितता गरेको भए सबैलाई समान कारबाही गर्ने ल्याकत राख्न आवश्यक रहेको उनको भनाइ छ । लिङ्देनले  पछिल्लो समय राजनीतिक दलहरूलाई उन्मुक्ति दिने र कर्मचारीलाई थुन्ने परिपाटीले नागरिकलाई दिने सेवा सुविधामा झनै ढिलासुस्ती हुन थालेको बताए ।

टेरामक्स प्रविधिमा झन्डै एक खर्ब राजस्व हिनामिना भएको भनिए पनि अहिलेसम्म कुनै ठोस निर्णय हुन नसकेकोप्रति गुनासो गरे ।