दुई महिनादेखि थुनेर राखिएका शाहीविरुद्ध मुद्दा

 काठमाडौँ - नेपाली सेनाले भन्डै दुई महिनादेखि थुनेर राखेका उपरथी प्रेम शाहीविरुद्ध सैनिक अदालतमा मुद्दा चलाएको छ । कोर्ट अफ इन्क्वायरीु बाट आवश्यक छानबिन सकिएपछि शाहीविरुद्ध आइतबार सैनिक अदालतमा मुद्दा चलाइएको हो । शाहीसँगै थप दुईजनाविरुद्ध पनि मुद्दा हालिएको छ । जसमा प्राड विवाकका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप
तिमिल्सेना छन् ।

सुरूमा शाहीविरुद्ध आर्थिक अनुशासनमा नबसेको उजुरी परेको भन्दै उपरथी बाबुराम श्रेष्ठ नेतृत्वको कोर्ट अफ इन्क्वायरी गठन गरेर छानबिन थालेको सैनिक मुख्यालयले सोही छानबिन प्रतिवेदनका आधारमा तीन जनाविरुद्ध मुद्दा चलाएको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले कोर्ट अफ इन्क्वायरीको छानबिन सकिएपछि अदालती प्रक्रिया सुरू भएको बताए । उनले भने, आज आइतबार बाट मुद्दा अदालती प्रक्रियामा गएको छ । बाँकी काम अदालतले गर्छ । आजको नागरिक दैनिकमा समाचार छ ।